पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा सोमबार बिहान ६:४० बजे सु.प्र ०१-००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।
धनगढीबाट काठमाडौं जाँदै गरेको उक्त बस चालकले नियन्त्रण गुमाउँदा सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
दुर्घटनामा २५ यात्रु सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने घाइतेहरूको विस्तृत विवरण आउन समेत बाँकी रहेको प्रहरीले जनाएको छ।