सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पाँच वटा स्थानमा पार्किङ तोकिएको छ।
सवारीसाधनको व्यवस्थापनका लागि पाँच वटा स्थाना पार्किङ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिआइपी/भिभिआइपीको लागि टियुको मुख्य मेनगेट भित्र पार्किङको व्यवस्था गरिएको छ।
तीनकुने नजिकैको ग्राउन्डमा पार्किङ ए राखिएको छ।
घडी आइल्यान्ड नजिकको ग्राउन्डमा पार्किङ बी तोकिएको छ।
घडी आइल्यान्ड देखि टियु मेन गेटसम्म पार्किङ सी र सुन्दरीघाट/सानेपा खोला करिडोरसम्म पार्किङ डी तोकिएको छ।
कार्यालयका एसपी नरेशराज सुवेदीले सवारीसाधन जथाभावी पार्किङ नगरिदिनुहुन अनुरोध गरेका छन्।