आइसिसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले दोस्रो विकेट लिएको छ।
मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्धको खेलको ४.३ ओभरमा दोस्रो विकेट लिएको हो।
नेपालका लागि नन्दन यादवले दोस्रो विकेट लिएका हुन्।
नन्दनको पहिलो अन्तर्राष्ट्रिय खेल हो।
उनको बलिङमा इंग्ल्याडका ओपनर जोस बट्लर विकेट किपर आशिफ शेखबाट क्याचआउट भएका हुन्।
योसँगै इंग्ल्याण्डका दुवै ओपनर आउट भएका छन्।
यसअघि ओपनर फिल सल्टलाई दोस्रो ओभरको पहिलो बलमा नेपालका शेर मल्लले विकेट लिएका थिए।
पावरप्ले सकिँदा नेपालले २ विकेट लिएको छ भने इंग्ल्याण्डले ५७ रन बनाएको छ।