आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को पहिलो खेल नै रद्द भएको छ।
कोलम्बोको आर प्रेमादासा स्टेडियममा तय भएको पाकिस्तान र न्युजिल्याण्ड बिचको खेल रद्द भएको हो।
कोलम्बोमा वर्षा नरोकिएपछि खेल रद्द भएको हो।
पाकिस्तान र न्युजिल्याण्डले एक/एक अंक बाँडेका छन्।
पाकिस्तान र न्युजिल्याण्ड सुपर-८ मा समूह 'बी'मा छन्।
यो समूहमा श्रीलंका र इंग्ल्याण्ड गरी चार टिम छन्।
सुपर-८ पनि समूहका प्रत्येक टिमले एक अर्कासँग खेल्नेछन्। दुई शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्।
समूह ए मा भारत, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र जिम्बावे छन्।