आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर-८ का खेलहरू हुँदैछ।
शनिबारदेखि नै सुपर-८ का खेलहरू सुरू भएका थिए। वर्षाका कारण पाकिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भयो।
आइतबार समूह 'ए' र 'बी' का एक-एक खेल हुनेछन्।
पहिलो खेल इंग्ल्याण्ड र श्रीलंकाबीच हुनेछ। खेल कोलम्बोको पल्लेकेले स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ।
पछिल्लो पाँच खेलमा इंग्ल्याण्डले श्रीलंकालाई लगातार हराएको छ।
अघिल्लो महिना इंग्लिस टोलीले श्रीलंका भ्रमण गरेको थियो। त्यतिबेला तीनै खेल इंग्ल्याण्डले जितेको थियो। त्यसअघिका २ भेटमा पनि श्रीलंकालाई इंग्ल्याण्डले पराजित गरेको छ।
दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र दक्षिण अफ्रिकाबीच हुनेछ।
दुई देशबीच पछिल्लो पाँच भेटमा भारतले ३ खेल जितेको छ। दक्षिण अफ्रिकाले एक खेल मात्रै जितेको छ भने एक खेल रद्द भएको छ।
दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुनेछ।