नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका अलराउन्डर गुल्सन झा घाइते भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी घाइते भएपछि जय ट्रफीअन्तर्गतको नेपाल एपिएफ क्लबविरूद्धको सोमबारदेखिको खेल गुमाएका हुन्।
उनको स्थानमा नेपाल पुलिस क्लबले सोहिल कुँवरलाई खेलाएको छ।
आइसिसी टी-२० विश्वकप २०२६ को अन्तिम खेलमा गुल्सनले स्कटल्यान्डविरूद्ध खेलेका थिए। सो खेलमा उनले नटआउट २४ रन बनाएका थिए।
उनले जय ट्रफीको पहिलो खेल पनि गुमाएका थिए। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग खेलेको थियो।
सो खेलमा आर्मीसँग पुलिसले ९ विकेटको हार ब्यहोरेको थियो।