आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएईविरूद्धको एकदिवसीय सिरिजका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले फागुन २६ देखि चैत ६ गतेसम्म हुने सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।
नेपालीमा टी-२० विश्वकप नखेलेका ईशान पाण्डे, आकाश चन्द, हेमन्त धामी, भीम सार्की, अर्जुन साउद, रिजन ढकाल र साहब आलम छन्।
नेपाली टोली
१ रोहित पौडेल (कप्तान)
२ दीपेन्द्र सिंह ऐरि (उप-कप्तान)
३ कुशल भुर्तेल
४ आसिफ सेख
५ अर्जुन साउद
६ भीम सार्की
७ आरिफ सेख
८ बसिर अहमद
९ गुलसन झा
१० सोमपाल कामी
११ कारण के सी
१२ नन्दन यादव
१३ रिजन ढकाल
१४ सन्दीप लामिछाने
१५ ललित राजवंशी
१६ साहब आलम
१७ शेर मल्ल
१८ ईशान पाण्डे
१९ आकाश चन्द
२० हेमन्त धामी