इंग्लिस प्रिमियर लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले वर्नमाउथलाई ३-१ गोलले पराजित गरेको छ।
आइतबार भएको खेलमा सिटीलाई जित दिलाउने क्रममा अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरोले २ गोल गरे।
उनले खेलको १५ मिनेटमा गोल गरेर सिटीलाई पहिले अग्रता दिलाए। ४३ मिनेटमा रहिम स्टर्लिङले सिटीको अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा वर्नमाउथका लागि विल्सनले गोल गरेका थिए।
६४ मिनेटमा अग्युरोले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका थिए।
जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
सिटीले ३ खेलबाट ७ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ९ अंक छ।