कोरोनाभाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै खाली रंगशालामा खेलाइएको खेलमा इन्टर मिलानले लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको छ।
युरोपा लिगको अन्तिम १६ का लागि भएको दोश्रो लेगमा इन्टर मिलानले राजग्राडलाई २-१ ले पराजित गरेको हो।
इन्टर संमग्रमा ४-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो।
दोश्रो लेगमा २-१ को जित हासिल गर्ने क्रममा क्रिष्टियानो बिरागी र रोमेलु लुकाकुले गोल गरे। उनीहरूले खेलको ३१ तथा ४५+४ औं मिनेटमा गोल गरेका हुन्।
त्यसअघि राजग्राडले खेलको २६ औं मिनेटमा ओलिभिएरा सोउजाको गोलमा अग्रता लिएको थियो जसलाई ३१ औं मिनेटमा इन्टरले बराबरी गरेको थियो।