अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारबाहीको माग गर्दै चार वटा जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री केपी शर्पा ओलीलाई निवेदन दिएका छन्।
काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दिपक खतिवडाले प्रधानमन्त्री कार्यालयलाई सोमबार पत्र पठाएका हुन्।
निवेदन युवा तथा खेलकुद मन्त्री जगतबाहदुर विकलाई पनि दिइएको छ भने राष्ट्रिय खेलकुद परिषद्मा वोधार्थ पठाइएको छ।
'केहि समय यता अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले स्वेच्छाचारी ढंगले व्यक्ति आग्रह पूर्वाग्रह राखी, व्यक्तिगत लाभ हासिल गर्दै एन्फा र समग्र फुटबलको हित बिपरित कार्य गर्दै आएका छन्,' पत्रमा भनिएको छ।
अध्यक्ष शेर्पाले गलत कार्य गरेको दाबी गर्दै भनिएको छ,' गतल कार्य नरोकिए फुटबलको अवस्था दायनीय हुनेछ।'
उनीहरुले एन्फा अध्यक्षका कामहरु विधानविपरित भएको पनि दाबी गरेका छन्।
साथै ग्रासरुट फुटबलको विषयमा एन्फा अध्यक्ष शेर्पाले दिएको भनाइ कानुनबिपरित भएकाले कारबाहीको माग गरिएको छ।
यो पनि :- एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा
'एक भिडियो अन्तर्वार्तामा तराई मधेसका जनतामा राष्ट्रयताको भावना कम भएकाले मधेशी जनतालाई होच्याउने मात्र नभइ कानुको समेत उल्लेख गरेका छन्,' निवेदनमा भनिएको छ।
एन्फामा शेर्पाको नेतृत्वमा विभिन्न किसिमका अनियमिता र त्रुटिपूर्ण काम भएकाले शेर्पालाई आवश्यक कारबाहीका निवदेन दिएको उनीहरुको भनाइ छ।