इन्टर मिलान 'इटालियन सिरि ए'को दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति टोरिनोलाई ३-१ गोलले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो।
खेलमा अग्रता भने टोरिनोले लियो। उसका लागि बेलोटीले १७ मिनेटमा पहिलो गोल गरे।
पहिलो हाफमा १-० गोलले पछि परेको इन्टरले दोस्रो हाफमा ३ गोल फर्कायो।
४८ मिनेटमा योङ्गले बराबरी गोल फर्काए। तीन मिनेटपछि इन्टरले अग्रता लियो। गोडिनले ५१ मिनेटमा गोल गरेपछि इन्टर २-१ ले अघि बढ्यो। इन्टरका लागि तेस्रो गोल ६१ मिनेटमा मार्टिनेजले गरे।
लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको इन्टरले ३२ खेलबाट ६८ अंक जोडेको छ। तेस्रो स्थानमा झरेको लाजियोको पनि ६८ अंक नै छ। लिगमा युभेन्ट्स ७६ अंक जोडेर शीर्ष स्थानमा छ।