इंग्लिस मिडफिल्डर जुडे बेलिङघम जर्मन क्लब बोरुसिया डर्टमुण्डका लागि गोल गर्ने कान्छा खेलाडी बनेका छन्। उनले डर्टमुन्डका लागि डेब्यू खेलमा गोल गर्दा रेकर्ड बनेको हो।
सोमबार जर्मन कपअन्तर्गत डुइसवर्गविरुद्ध गोल गर्दै बेलिङघमले डर्टमुन्डको ११० वर्षको इतिहासमा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका हुन्।
खेलमा डर्टमुन्ड ५-० गोलले विजयी भएको थियो।
सोमबार गोल गर्दा बेलिङघमा १७ वर्ष ७७ दिन उमेरका थिए। यसअघि यो रेकर्ड नुरी सहिनको नाममा थियो। उनले १७ वर्ष ८२ दिन उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए।
इंग्ल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने क्लब बर्मिङ्घमबाट उनी यहि सिजन डर्टमुन्ड गएका थिए।
इंग्ल्यान्डको यु-१७ टिमका मिडफिल्डर बेलिङघम ३१ मिलियन अमेरिकी डलर (३ अर्ब ७२ करोड रुपैयाँ) मा आबद्ध भएका थिए। उनीसँग डर्टुमुण्डले पाँच वर्षको सम्झौता भएको थियो।
बेलिङघमले गत वर्ष १६ वर्ष ३८ दिनमा क्लबमा डेब्यू गरेका थिए। घरेलु मैदानमा डेब्यू गरेको खेलमा उनले स्टोकविरुद्ध विजयी गोल गरेका थिए।
उनले सिजन २०१९-२० मा ४३ खेल खेल्दै चार गोल गरेका थिए।
उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र जर्मन क्लब वायर्न म्युनिखले पनि चासो देखाएका थिए।