स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले बुधबार राति भएको खेलमा कठिन जित हात पारेको छ।
रियलले रियल भलडोलिडलाई १-० गोलले पराजित गरेको हो।
रियलको जितमा सब्स्टिच्युट खेलाडी जुनियर भिनिसियसले गोल गरे। उनले खेलको ६५ मिनेटमा गोल गरेका थिए।
पहिलो दुई खेलबाट चार अंक जोडेको रियलले जितसँगै ७ अंक पुर्याएको छ।
ला लिगाको शीर्ष टिम गेटाफेले पनि ३ खेलबाट ७ अंक नै जोडेको छ।
दोस्रो स्थानको भ्यालेन्सियाले पनि ४ खेलबाट ७ अंक बटुलेको छ। गोलअन्तरमा पछि परेको रियल पनि समान अंकका साथ तेस्रो स्थानमा छ।
रियल म्याड्रिडले जित निकालेको जित एट्लेटिको म्याड्रिड भने बराबरीमा रोकिएको छ।
एट्लेटिको म्याड्रिडलाई हुइस्काले गोलरहित बराबरीमा रोकेको हो।
लिगमा एट्लेटिको २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा छ।