अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नियमित साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि सी डिभिजन क्लबहरूबाट शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको निर्वाचनपछि नौ क्लबले मताधिकार पाएका छन्।
मताधिकार पाउने क्लबमा खालीबारी युवा फुटबल क्लब(११ मत), झम्सिखेल युवा क्लब (१२ मत), पुल्चोक स्पोर्ट्स क्लब (१२ मत), मनोहरा एकीकृत युवा क्लब (११ मत), महावीर स्टडीज एन्ड एथलेटिक्स सेन्टर (११ मत), समाज कल्याण खेलकुद केन्द्र क्लब (११ मत), सामाजिक युवा क्लब (१२ मत), स्पोर्ट्स एकेडेमी साँगा (११ मत) र स्वयम्भू क्लबले (११ मत) मताधिकार पाएका हुन्।
१४ क्लबबीच भोटिङका आधारमा नौ क्लबले पाएका हुन्। पाँच क्लब भने मताधिकारमा पछि पर्दा मताधिकार प्राप्त गर्न सकेनन्। सानेपा क्लब (३ मत), टुसाल क्लब (१ मत), नयाँ बस्ती युवा क्लब (१ मत), सिन्धुपाल्चोक फुटबल क्लब (१ मत) र नेपालगञ्ज ११ स्पोर्ट्स (१) ले मताधिकार नपाएका हुन्।
एन्फाको निर्वाचनमा सी डिभिजनका १४ मध्ये नौ क्लबले मताधिकार पाउने व्यवस्था छ। यसअघि उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै एन्फाले फेरि निर्वाचन प्रक्रिया अघि बढाएको हो।