पाकिस्तानको एक मदरसामा बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। त्यस्तै दर्जनौं घाइते भएका छन्।
हमला पाकिस्तानको पेशावर सहरमा भएको बिबिसीले जनाएको छ।
घटनास्थलमा भएका एक अधिकारीका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि छन्।
यो विस्फोट स्थानीय समय अनुसार बिहान साढे ८ बजे भएको प्रहरीले जनाएका छन्। त्यो बेला मदरसामा पढाइ चलिरहेको थियो।
मदरसामा विस्फोट भएका बेला ६० भन्दा बढी मान्छे भित्र रहेको अनुमान छ। हालसम्म यो घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन।
एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटको केही समयअघि उनले एक जना मानिसलाई विस्फोटक पदार्थ बोकेर भवनतिर जाँदै गरेको देखेका थिए। वरिष्ठ पुलिस अधिकारी वकार अजिमले एएफपीलाई 'कसैले पाठशाला भित्र बम राखेर गएको' बताएका छन्।