कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले काठमाडौंमा बृहत् मोटरसाइकल र्याली आयोजना गरेको छ।
पार्टीको निर्वाचन परिचालन समितिको आयोजनामा भएको उक्त र्याली राजधानीका मुख्य सडकहरूमा निकालिएको हो।
आयोजकका अनुसार र्याली तीनकुनेबाट सुरू भई थापाथली, जमल, कमलपोखरी र गौशाला हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको छ।
र्यालीमार्फत पार्टीले उज्यालो नेपाल अभियान, सुशासन, पारदर्शिता र जनमुखी विकासका मुद्दालाई आम नागरिकसमक्ष पुर्याउने लक्ष्य राखेको जनाएको छ।
र्यालीका क्रममा पार्टीका झन्डा, ब्यानर तथा नारासहित मोटरसाइकलमा सहभागीहरू सहर परिक्रमा गरेका छन्।
तस्बिरहरू:
-1768635569.jpg)
-1768635569.jpg)
-1768635569.jpg)
-1768635567.jpg)
-1768635568.jpg)
-1768635568.jpg)
-1768635567.jpg)
-1768635567.jpg)
-1768635567.jpg)
-1768635566.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी