नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सुरू हुँदैछ।
सभापति गगन थापा केन्द्रीय कार्यसमिति बैठक राखिएको नयाँ बानेश्वरको अर्पण ब्यांक्वेट पुगेका छन्।
उनीसँगै नेता विनोद चौधरी पनि बानेश्वर पुगेका छन्।
सभापति गगन थापालाई बानेश्वरमा नेता कार्यकर्ताहरूले बधाई ज्ञापन गर्दै स्वागत गरेका छन्।
निर्वाचन आयोगले आधिकारिकता दिएपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो।
यसअघि विशेष महाधिवेशनबाट कार्यसमिति चयन भएपछि ललितपुरको कुपन्डोलमा बैठक बसेको थियो।
तस्बिरहरूः




तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।