झापाको झिलझिलेमा मंगलबार साँझ जीपको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिँदा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षाया कमला चापागाईंको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचारका क्रममा बिर्तामोडस्थित बि एंड सी हस्पिटलमा मृत्यु भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए।
दुर्घटनामा संलग्न उक्त जीप र सोका चालक शिवासताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने४३ वर्षीय अमृत बहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।