बलात्कार पीडित बालिकाले बाँके प्रहरीमा पुगेर पीडकविरूद्ध किटानी जाहेरी दिएकी छन्।
पुस १७ गते डुडुवा गाउँपालिका–४ खालेमसाहमा बिहान २ बजेतिर ती बालिकामाथि बलात्कार भएको थियो। घटनापछि बालिकालाई परामर्श दिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले बताएर
परामर्श पछि बालिकाले पीडित २६ वर्षीय सद्दाम खाँविरूद्ध जाहेरी दिएकी हुन्।
स्थानीयको कुटपिटबाट खाँ घाइते छन्।
भारतको लखनउमा उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार हुँदै गरेका खाँलाई पछिल्लो समय उपचारका लागि पुनः नेपालगञ्ज ल्याइएको छ।
उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरेको छ।
पुस २२ गते पाँच जनाको समूहले ती बालिकालाई अपहरण गरी बलात्कार गरेको भन्दै पीडित आमाले हुलाकमार्फत जाहेरी पठाएकी थिइन्।
यसअघि प्रहरीले त्यो जाहेरीको विश्वसनीयता परीक्षण गर्न र जाहेरीवालालाई सनाखतका लागि कार्यालयमा बोलाउँदा उपस्थित भएका थिएनन्।
पीडित पक्षले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले जाहेरी लिन तथा दर्ता गर्न नमानेको आरोप लगाएका थिए। त्यसपछि प्रहरी कार्यालयले विज्ञप्ति नै जारी गरी सनाखत गर्न आउन अनुरोध गरेको थियो।
यसबीच महिला अधिकारकर्मी, मानव अधिकारकर्मीले पटक/पटक पीडितलाई भेटेर सम्झाएपछि पीडित कार्यालय पुगेर जाहेरी दिएकी हुन्।