गायक एड्रियन प्रधानको स्वरमा ‘विवशता’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा शब्द संगीत सञ्जय आचार्यको छ। सोमबार सार्वजनिक भएको यो गीत संगीतकार तथा गीतकार संजयको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतले प्रेममा असफल भएको प्रेमीको व्यथा बोल्छ। चितवन स्थायी घर भएका आचार्य विगत केही वर्षदेखि अस्ट्रेलियाको मेलबर्नमा छन्।
गीतको लिरिकल भिडिओ अमन महर्जनले निर्देशन गरेका छन्। प्रसन परियारले एरेन्ज गरेको गीतलाई, प्रज्वलराज प्रधानले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।