बिहीबारदेखि प्रदर्शनमा आएको रजनीकान्त अभिनीत फिल्म 'कुली' ले राम्रो कमाइ गरिरहेको छ।
यो फिल्मले शनिबार भारतीय बक्स अफिसमा मात्रै लगभग ४७ करोड भारू कमाइ गर्यो। यससँगै, फिल्मको तीन दिनको घरेलु बक्स अफिस कमाइ लगभग १८६ करोड भारू पुगेको छ।
फिल्मले अन्तर्राष्ट्रिय स्तरमा १२९ करोड भारू कमाएको छ। योसँगै फिल्मको विश्वव्यापी कुल कमाइ ३१५ करोड भारू पुगेको छ।
तीन दिनमै ३०० करोडको आँकडा पार गरेर 'कुली' विश्वव्यापी सबभन्दा छिटो धेरै कमाउने तमिल फिल्म समेत बनेको छ।
लोकेश कनागराजद्वारा निर्देशित 'कुली' मा रजनीकान्तसँगै नागार्जुन, श्रुति हासन, सत्यराज पनि मुख्य भूमिकामा छन्। आमिर खान विशेष भूमिकामा देखिन्छन्।
नेपालका हलमा पनि यो फिल्म प्रदर्शनरत छ।