पद्मश्री पुरस्कारका लागि १५ कृति छानिएका छन्।
खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री पुरस्कारका लागि यसपालि १५ कृति छानिएको हो।
प्रतिष्ठानका अनुसार गोविन्द गिरी प्रेरणाको अ-विधवा, डा. नवराज लम्सालको कल्प, नारायण ढकालको जगज्जननी उसकी आमाको नाम होइन, चन्द्रप्रकाश बानियाँको तुलु राजा, क्षितिज समर्पण तोरकिन, नवीन अभिलाषीको दहाड, उमा सुवेदीको परिधी, ओम रिजालको पैकेलो, खगेन्द्र गिरीको भग्न प्रेमशाला, भूपिनको मध्यको उज्यालो, सीमा आभासको महायुग, डा. नवराज केसीको स्वस्परश, श्रवण मुकारूङको सलह, शंकरप्रसाद गैरेको सूतपुत्र र नदीशको हिउँद परेको छ।
पुरस्कारका लागि २०८२ सालमा प्रकाशित १९२ वटा साहित्यिक पुस्तक प्राप्त भएकामा पुरस्कार समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
यो सूचीबाट समितिले आगामी महिना पाँच वटा पुस्तकको उत्कृष्ठ संक्षिप्त सूची चयन गर्ने पनि अध्यक्ष लामिछानेले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
