Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
बिहीबार, माघ २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

खाली पन्ना

Nmb
Nmb

सुबिन भट्टराई

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Laxmi bank

Laxmi bank

Ncell

Ncell

मस्तिष्क चाहे शून्य होस्, चाहे विचारहरुको भलले अटेसमटेस होस्, तिनलाई पोख्नूअघि मेरा अघिल्तिर एउटा खाली पन्ना हुने गर्छ। अनि हुने गर्छ एउटा गहिरो सन्नाटा।

जहाँ मुटुसँगै विचारहरु धड्किएको एकतमास आवाज म आफैंभित्र गुञ्जिरहेको हुन्छ। त्यही गहिरो सन्नाटाको बीचमै म भरिएको मस्तिष्कलाई खाली गराउने प्रयास गर्छु। म खाली पन्नाहरुलाई भर्ने प्रयास गर्छु। कहिलेकाहीँ शब्दहरु केवल मस्तिष्कबाट निस्कन्छन्। कहिलेकाहीँ शब्दहरु हृदयबाटै ओर्लन्छन्। कहिले शब्दहरु आँशुबाट पनि बग्छन्। शब्दहरु अनेक रुपमा निस्कन्छन्।

यसरी भर्नु र रित्याउनु मेरो जीवन बनेको छ। यसरी भरिनु अनि रित्तिनु मेरो नियति बनेको छ। मस्तिष्क कहिलेकाहीँ पँधेरोसरी हुन्छ, विचारको धारो छुटिरहन्छ। शब्दका गाग्राहरु भरिरहन्छन्। अनि तिर्खाउनेका आँतहरु भरिइरहन्छन्।

खाली पन्ना, जसमा अक्षरहरुको होली खेलेर म लेखकको पगरीबाट रङ्गिएको छु। खाली पन्ना, जहाँ मेरा शब्दहरुले गरेका मनोमानीका आधारमा मेरो सिर्जनाको स्तर मापन गरिन्छ। खाली पन्ना, जहाँ मेरा थकित शब्दहरु बास माग्न जान्छन् र एउटा आरामको निद्रा सुत्ने गर्छन्। खाली पन्ना जहाँबाट कहिलेकाहीँ मेरा आफ्नै विचारहरुको बास उठ्ठा गराउने गर्दछु। खाली पन्ना रित्याउँदै, आफ्नै विचारहरुको मलामी गएको छु कैयौँ पटक।

हो, खाली पन्ना ठ्याक्कै जीवनजस्तै छ।

खाली पन्ना, जहाँ मेरा अक्षरहरु भरिन्छन्, ती अक्षर नभएर आँशु पोखिएका हुन्छन्।

खाली पन्ना, जहाँ म भद्दा मजाकहरु गर्न पनि स्वतन्त्र छु। खाली पन्ना, जहाँ आफूभित्रका अनेक तरहका कुण्ठाहरु पोखेर हृदयलाई कुण्ठानिवृत्त तुल्याउन समर्थ भएको छु। यिनै खाली पन्नाहरुलाई भरेर म आफैं भरिएको छु। यिनै खाली पन्नाहरुलाई भरेर म आफैं रित्तिएको छु।

ट्याक ... ट्याक ... टुक् ... टुक् ...!

मध्यरातमा कहिले किबोर्ड र औंलाहरुको घमासान चलिरहँदा यता मनमा आराम मिलिरहेको हुन्छ। खाली पन्ना, जो रित्तो बसझैँ लाग्छ, जहाँ मेरा हरेक शब्दहरु त्यसको प्यासेञ्जर सम्झेर आफू आफू एउटा एउटा सिटमा गएर मिलेर बसिदिन्छन् र एक आपसका सहयात्री भइदिन्छन्।
खाली पन्ना, कहिलेकाहीँ जसलाई भर्न यत्ति हतार हुन्छ, म खान बिर्सन्छु। म सुत्न बिर्सन्छु।

म को हुँ? योसम्म बिर्सन्छु।

र, कहिलेकाहीँ यहि खाली पन्नालाई आँखा अघिल्तिर राखेर बस्दा, म भर्न असमर्थ हुन्छु। धेरै पटक खाली पन्ना र शून्य मस्तिष्कको तालमेल मिलाउन खोजेको छु। कहिले सफल भएको छु, कहिले असफल भएको छु।

विचारका समस्या पनि पेटको समस्याभन्दा फरक नहुँदो रहेछ। कहिल्यै डायरीयासरी निकास भएको भयै हुने, कहिले कब्जियतसरी भित्रभित्रै गुम्सिरहने।

खाली पन्ना के हो?

एउटा सेतो, बेदाग अनि रित्तो भाग।

नलेखिए, यो कहिल्यै भरिन्न। नभरिए शब्दहरु कहीँ पुग्दैनन्। कहीँ बिसाउँदैनन्। कसैका खित्काहरु उधिन्न सक्दैन। कसैका हृदयका ढोका ढक्ढक्याउँदैन। कसैका आँखा तप्काउँदैन। कसैका मस्तिष्कका पर्दा फरफराउँदैन। कसैको भावनालाई कोट्याउँदैन। खाली पन्नाको धर्म के हो? के उसोभए खाली पन्नाको धर्म भन्नु खाली नरहनु हो?

हरेक सिर्जना सुरुमा फगत एउटा खाली पन्ना हो। कुनै पनि सिर्जनाको पहिलो संस्करण लेखकको आफ्नै मस्तिष्कमा छापिएको हुन्छ। अनि ऊ खाली पन्नामा आफ्ना प्यारा शब्दहरु सरक्क राखिदिन्छ र त्यही खाली पन्ना कुनै डुंगामा चढेर गएको यात्रीझैं यात्रा गर्दै गर्दै जान्छ। खाली पन्ना एउटा माझी पनि हो। यसको सहारा नभई शब्दलाई यात्रा गराउन सकिन्न। हो, यसैगरी शब्दहरु यात्रा गर्छन्। एउटा सर्जकको मस्तिष्कबाट कोसौँ, उसले नचिताएका ठाउँहरुमा, उसले कल्पना नगरेका मस्तिष्कहरुमा बिचरण गर्ने गर्छन्।

झलक्क हेर्दा खाली पन्ना केही होइन। के नै हुन्छ र खाली पन्नामा? यो पैसाबिनाको गोजीजस्तो हो। किताबबिनाको बुकसेल्फजस्तो, धड्कन बिनाको मुटुजस्तो या सपनाबिनाको मान्छेजस्तो। जो दृष्टिगोचर छ, जसको अस्तित्व त छ तर यसलाई पूर्णता दिन योमात्रले हुन्न, अर्थोक केही चाहिन्छ। यो आफैंमा केही होइन, तर यो नभइ हुन्न।

कतिपटक खाली पन्ना अगाडि लिएर दिनहुँ बसेको छु। खाली पन्नाको खालीपना मस्तिष्कमा सरेर हो या मस्तिष्कको खालीपना खाली पन्नामा सरेर हो, घण्टौँसम्म दुवै रित्तो रित्तो मात्रै भेट्टाउने गर्दछु।

खाली पन्नालाई कसैले चुम्दैन। खाली पन्ना जसलाई ‘कुनै दिन काम लाग्ला,’ भनेर जतनपूर्वक त राखिन्छ, तर जसलाई हेरेर एक झलकमै बेवास्ता गरेर त्यतै राखिन्छ। एउटा सर्जकले सधैँ भरिएको पन्नालाई नै चुम्छ। एउटा सर्जकलाई खाली पन्ना जति सुन्दर लाग्छ, त्योभन्दा सुन्दर उसलाई उसकै शब्दहरुले भरिएको त्यो पन्ना सुन्दर लाग्छ।

आफ्नै नीजि अनुभवले भन्दैछु, घण्टौंसम्म खाली पन्ना अघिल्तिर घोत्लिएर चार शब्द पनि लेख्न नसक्दा मलाई त्यो खाली पन्ना बडो कुरुप लाग्छ। म सुन्दरता केवल भरिएका पन्नाहरुमा मात्र देख्छु। यो त्यस्तै भाव हुँदो हो, जहाँ माझीसँग होइन केवल यात्रासँग प्रेम हुने गर्दछ। जहाँ बाटोभन्दा बढी गन्तव्यको चाह हुन्छ। त्यसैले त खाली पन्नाभन्दा बढी भरिएकै पन्नाको वाह हुन्छ।

तर एउटा कुरा मैले भन्नै पर्छ। मैले खाली पन्नाको वकालत गर्नै पर्छ। खाली पन्ना के हो? यो बुझाउनै पर्छ? खाली पन्नामा कति शक्ति हुन्छ? यो देखाउनै पर्छ।

खाली पन्ना त्यो चीज हो, जुन अघिल्तिर हुँदा हामीमा सोच्ने क्षमता आउँछ। खाली पन्ना अगाडी बस्दा ‘यो पन्ना भर्नुपर्छ,’ भन्ने ख्याल आउँछ। ‘यहाँ केही लेखिनुछ÷लेखिनुपर्छ,’ भन्ने चेतना आउँछ। खाली पन्ना अगाडी बस्नु भनेको, लामो यात्राको पहिलो पाइला चाल्नु हो। खाली पन्ना देखेर नै मानिसका मस्तिष्क उद्धेलित हुने गर्छ। नपत्याए, एउटा बालकलाई खाली पन्ना दिएर हेर्नुस्, उसको दिमाग चल्न थाल्छ, केही त उसले सोच्छ, उसले केही न केही पक्कै लेख्छ, लेख्न नजाने पनि केही त कोर्छ। एउटा खाली पन्ना जोसुकैलाई दिनुस्, उसको मस्तिष्कमा पहिलो चेतना ‘लेख्नुपर्छ’ भन्ने कुरा नै स्वतः आउँछ। मस्तिकलाई चलायमान गराउने चीज हो खाली पन्ना।

खाली पन्नाले धेरै कुरा सिकाउँछ। ‘केही लेख्ने,’ भन्ने कुरालाई हजारौँपटक मस्तिष्कमा खेलाउँदा पनि कुनै सुराक नभेटिएको अवस्थामा, म एउटा खाली पन्ना सिर्जना गर्छु अनि निक्कै बेरसम्म घोरिएर बस्छु। कहिलेकाँही त चमत्कारै हुन्छ। शब्दहरु मानौँ फलाम हुन् र खाली पन्ना मानौँ चुम्बक हो झैँ गरी मेरो मस्तिष्कबाट शब्दहरु थुतेर लैजान्छन् खाली पन्नाहरु।

जब जब मसँग लेख्ने कुनै ‘थीम’ हुँदैन। जबजब मलाई विषयवस्तुको खडेरी पर्छ, तब खाली पन्नाले नै मलाई गून लगाएको छ। खाली पन्ना अगाडी भएपछि मलाई यो लाग्छ कि, मैले लेख्न शुरु गरेँ। मेरो लेखाइको प्रारम्भिक चरण शुरु भइसकेको छ। यस्तो लाग्छ, मैले लेखन यात्राको पहिलो पाइला चालिसकेँ। लाग्छ, मैले लेख्न खोजेका शब्दहरु त्यहीँभित्र छन्, जसलाई मैले ध्यानपूर्वक हेर्न जरुरी छ। र यो अनुभव बाँड्दा म आफैँलाई अचम्म लागिरहेको छ कि आजसम्म, कुनैपनि खाली पन्नाले मबाट निराश भएर खाली हात फर्कनु परेको छैन। कुनै पनि खाली पन्नाले खालीमै सीमित हुनु परेको छैन, कमसेकम मेरो कारणले।

मेरा हरेक खाली पन्नाहरुलाई सलाम, जो चाहिएका बेला भरिए। हरेक खाली पन्नाले मलाई आजपनि उर्जा दिन्छ। म हरेक खाली पन्नामा कविता भेट्छु, कथा भेट्छु, निवन्ध, संस्मरण भेट्छु, र उपन्यास भेट्छु। खाली पन्ना मेरा लागि किताब हुन्। खाली पन्ना मेरा लागि सेतो, बेदाग अनि रित्तो भागमात्र होइन, सिर्जनाका मुहान हुन्। लेख्ने जति कोशिश गर्दा गर्दै पनि लेख्नै आएन भने एकपटक खाली पन्ना अगाडी उभिएर ‘म लेख्न लाग्दैछु,’ भनेर सोचिरहनुस्, ढिलोचाँडो त्यो खाली पन्ना भरिएरै छाड्नेछ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७४  १६:०३
सिफारिस
भदौ २४ को घटनामा कति पक्राउ परे, कति मुद्दा चले, कति छुटे?
भदौ २४ को घटनामा कति पक्राउ परे, कति मुद्दा चले, कति छुटे?
अदालत र अख्तियारमा चाहिएको सुधार
अदालत र अख्तियारमा चाहिएको सुधार
नयाँ आउने सांसदहरूलाई निर्माणाधीन संसद भवनमै शपथ गराउन यसरी हुँदैछ तयारी (भिडिओ)
नयाँ आउने सांसदहरूलाई निर्माणाधीन संसद भवनमै शपथ गराउन यसरी हुँदैछ तयारी (भिडिओ)
प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?
प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
झापा–५ मा ओली र बालेनसँग प्रतिस्पर्धा गरिरहेका रञ्जित तामाङ
किफायती बायाँ हाते स्पिनर ललित
किफायती बायाँ हाते स्पिनर ललित
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

ब्लग

त्यो १७ सय ५० रूपैयाँको सुन अहिले साढे तीन लाख नजिक पुग्दा...
विश्व क्यान्सर दिवस-२०२६, 'युनाइटेड बाइ युनिक' र नेपालको सम्भावना
कालो हिउँ र चिसो घाम!
सुन बिनाको विवाह!
पुँजीगत खर्चको विरोधाभास: किन विकास बजेट खर्च हुँदैन?
'बालविवाह मुक्त नेपाल' अभियान किन?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP