तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार होमबहादुर थापा विजयी भएका छन्।
थापाले ४३३१ मत ल्याएर विजयी भएका हुन्।
थापाले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम कुमाललाई हराएका हुन्। उनले जम्मा ३५५४ मत ल्याएका छन्।
उपाध्यक्षमा एमालेकी राधादेवी अधिकारीले जितेकी छन्। उनले ४४८१ मत पाइन्।
यहाँ उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले २७४७ मत ल्याएर पराजित भए।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०८:३१:००