सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग होइन- प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत संगम हो।
ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो।
ठाउँठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्।
यहाँबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू देखन पाइन्छ।
विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गर्दै ह्योल्मो भूमि हेलम्बु घेर्दै ६० किलोमिटर लामो ग्रेट ट्रेल बनाउने योजनाअन्तर्गत सात किमिको काम भइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
‘६० किमिमध्ये ७ किमिको पदमार्ग बनाइसकेका छौं, यहाँ आउने जो कोही दङ्ग परेर जानुहुन्छ,’ उनले भने, ‘यो हेलम्बु गाउँपालिकाको गौरवको योजनामध्ये महत्त्वपूर्ण एक हो।’
बुद्धपार्कबाट पर्यटकीय ट्रेल सेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाभेग प्रसिद्ध तीर्थस्थल आमायांग्री पर्वतसँग जोडिनेछ।
डुपु–भेमाथाङ, पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमेसिदाङ क्षेत्र पुग्नेछ।
ट्रेल घुमिसक्दा यहाँको अधिकांश धार्मिकस्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी काम भैरहेको छ।
समुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ।
तस्बिरहरू:
-1781937760.jpg)
-1781937761.jpg)
-1781937761.jpg)
-1781937760.jpg)
-1781937760.jpg)
-1781937760.jpg)
-1781937759.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी