धादिङको नीलकण्ठ नगरपालिका–८ ससाहस्थित कालु पाण्डे सडक खण्डमा गाडी पल्टिँदा चालकसहित ८ जना घाइते भएका छन्।
सोमबार साँझ ४ बजे धादिङबेँसीबाट नलाङतर्फ जाँदै गरेको ग.१ ज.६०४९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले बताए।
उनका अनुसार घाइते सबैलाई जिल्ला अस्पताल धादिङ लगिएको थियो।
'एक जनाको काँधको हड्डी भाँचिएकाले काठमाडौं रिफर गरिएको छ,' उनले भने, 'अन्य पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।'
प्रहरीका अनुसार चालक सुमन राना मगरलाई नियन्त्रणमा लिइएको छ।