गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
आज बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेटेका हुन्। समसामयिक राजनीतिबारे भेटवार्ता केन्द्रित थियो।
सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे पनि भेटवार्तामा छलफल गरिएको गृहमन्त्री खाणले बताएका छन्।
‘समसामयिक राजनीति, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ गृहमन्त्री खाणले भने।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलहरूसँग छलफल गरेका थिए।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ। दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग कुराकानी गरेका छन्।