जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ।
दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो।
आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो।
दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ। दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, २१:५३:००