अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयुभी लिपमोटर 'बी०३ एक्स' आधिकारिक रूपमा नेपाल आइपुगेको छ।
नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले यो बहुप्रतीक्षित इभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
'इन्टेलिजेन्ट अर्बन मोबिलिटी' को आधुनिक अवधारणामा आधारित यस एसयुभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ।
नेपालमा आउने बी०३ एक्समा ५३ किलोवाट–क्षमताको ब्याट्री र १४५ किलोवाट क्षमताको विद्युतीय मोटर रहनेछ।
सुरूमा यो गाडीमा ९३ किलोवाटको मोटर भएता पनि युरोप निर्यातका लागि गाडीमा १ सय ४५ किलोबाटको मोटर जडान गरिएको छ।
युरोप जाने गाडी नै नेपालमा ल्याउने सांग्रिला मोटर्सले जनाएको छ।
गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, लेभल–२ एडास लगायतका आधुनिक सुविधा उपलब्ध हुनेछन्।
एक पटकको चार्जमा करिब ४२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ।