THE WHEELS
इलेक्ट्रिक सवारी साधन भित्र्याउने विश्वकै तेस्रो मुलुक बनेको नेपालमा पछिल्लो समय यसका पूर्वाधार निर्माणले पनि तीव्रता पाइरहेको छ।
सरकारी तवरबाट होस् वा निजी क्षेत्रको पहलमा, देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण तथा विस्तार भइरहेका छन्।
यसै सन्दर्भमा 'द ह्विल्स पोडकास्ट' को यो अंकमा हामीले 'गाडीचार्ज' कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रेशा श्रेष्ठसँग कुराकानी गरेका छौं।
'गरौं राष्ट्रलाई रिचार्ज' भन्ने नारासहित सञ्चालनमा रहेको गाडीचार्ज नेपालमा इभीको संख्या तीव्र रूपमा बढिरहँदा त्यस अनुसार चार्जिङ पूर्वाधार विस्तार हुन नसकेको समस्यालाई अवसरका रूपमा लिँदै सुरू गरिएको कम्पनी हो।
गाडीचार्ज विश्व वातावरण दिवस–२०२५ को अवसर पारेर सुरू भएको थियो। सेवा सुरू गरेयता कम्पनीले हालसम्म देशका विभिन्न स्थानमा १०० वटाभन्दा बढी चार्जिङ स्टेसन बनाइसकेको छ।
हाल गाडीचार्जले कसरी काम गरिरहेको छ, चार्जिङ स्टेसन थप विस्तारका योजना के छन् र हामीकहाँ इभीको भविष्य कस्तो देख्छ भन्ने विषयमा पनि यो पोडकास्टमा चर्चा गरिएको छ।
हेर्नुस् गाडीचार्जकी सिइओ प्रेशा श्रेष्ठसँग गरिएको पूरा कुराकानी–