लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सकिनेछ।
सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मनी ट्रान्सफरका प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरे।