कामना सेवा विकास बैंक लिमिटेडले १३ औं वार्षिकोत्सवकोअवसरमा अफ्नो भवनको उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाले भवनको उद्घाटन गरेका हुन्।
साथै अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्यमबाट एकैसाथ औपचारिक उद्घाटन गरे।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध–बृद्धाहरुको निशुल्क जाँच, विद्यालयमा आर्थिक सहयोग लगायतका सामाजिक सेवा गर्यो।
अर्थमन्त्री डा. खतिवडाले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरेको र देशको अर्थिक विकासमा टेवा पुराउनेमा विश्वस्त रहेको बताए।
बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।