साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ।
नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन ८ अर्ब ९२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ९ अर्ब सात करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३२ वटा धितोपत्रको एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ८८ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युतको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजर ७१० रूपैयाँ ५० पैसा, एक हजार ३९८ रूपैयाँ १० पैसा र ४२५ रूपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, कालिका पावरको मूल्य सर्वाधिक ६.२५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५८६ रूपैयाँ ९० पैसामा झरेको छ।
बिहीबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २४४ रूपैयाँमा ४० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा मन्जुश्री फइनान्स रहेको छ। उक्त कम्पनीको ८३४ रूपैयाँमा ३५ करोड ९४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ।