मेगा बैंकले नेपाली सेनालाई वित्तीय साक्षरता सिकाउन कार्यक्रम संचालन गरेको थियो। कार्यक्रममा एक सय नेपाली सेनाका विभिन्न दर्जाका कर्मचारी सहभागि भएका थिए।
देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतको नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेख पर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा रेमिट्यान्सबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी दिए।
नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गरे।