बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक पाँच प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको छ।
बजार खुलेको एक मिनेटमै नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटपछि खुलेको थियो।
तर, यसरी खुलेको अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो।
नेप्से १३५ (५ प्रतिशत) ले बढेको हो। कारोबार ४० मिनेटको लागि स्थगित भएको छ।
बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुनेछ।
यो अवधिमा ४० करोड रूपैयाँको सेयर कारोबार भएको छ।
कारोबारमा आएका २१ वटा लगानी उपकरणको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
फ्रस्ट माइक्रोको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ८८१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
याे पनि: नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?