कुमारी बैंक लिमिटेडले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ।
सो सहमतिपछि कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु विना झन्झट आफ्नै घरमा पाउनसक्छन्।
लकडाउनको यस विषम परिस्थितिमा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल/अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ।