फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ।
यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन्। उनले सामसङको ५५ इन्च स्मार्ट टिभी जितेका छन्।
सो क्याम्पेन असार १ गते देखी २३ गतेसम्म चलेको थियो। यसमा फोनलोन सन्जालका ५ बैंक: लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए।
यस क्याम्पेनमा सहभागी हुन योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो।
विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको थियो।