एनबी बैंकका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएसँगै नबिललाई एनबी बैंक प्राप्ति गर्ने बटो खुलेको छ।
एनबी बैंकमा एनबी समूहमार्फत् लगानी गरेको लक्ष्मीबहादुर र समूहले अदालतमा मुद्दा दायर गरेका थिए। १९ बैशाखमा गते दिवेश्वरी इन्भेष्टमेण्ट प्रालिले र २२ बैशाखमा नेपाल पावर डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिले गते रिट दायर गरेका थिए ।
७ जेठमा दुवै बैंकले विशेष साधारण सभा डाकेका छन्। नबिल बैंकको १ कित्ता सेयरबराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर हुने सेयरधनीले नबिल बैंकको ४३ कित्ता सेयर पाँउनेछन्।
नेपाल बंगलादेश बैंकलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नेबिल बैंक नै रहनेछ। यो प्राप्तिपछि नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिल बैंकको १८ अर्ब ४९ करोड चुक्ता पूँजी छ भने नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड चुक्ता पूँजी छ।