बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेको छ।
नेप्से ०.४१ प्रतिशतले बढेर २६३३.७६ विन्दुमा बन्द भएको हो।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन चार अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर पाँच अर्ब १३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४२ वटा धितोपत्रको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १६३ कम्पनीको सेयरमूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
आज एसवाई प्यानल र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पहरूनीको प्रतिकित्ता मूल्य क्रमशः ९६८ रूपैयाँ र ४१० रूपैयाँ ३० पैसा पुगेको छ।
यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३४६ रूपैयाँ ५० पैसामा झरेको छ।
बुधबार ग्रीन भेन्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१० रूपैयाँमा १७ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बन्दीपुर केबलकार रहेको छ। उक्त कम्पनीको ७७४ रूपैयाँ २० पैसामा १५ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।