साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँमा सीमित भएको छ।
यस दिन २८७ वटा धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर किनबेच भएको हो।
आइतबार रावा इनर्जीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ३३१ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, सिटी होटलको सेयर मूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७४१ रुपैयाँ ५० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.६५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४४२ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार १५२ रुपैयाँमा झरेको छ।
आइतबार हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९८ रुपैयाँमा १८ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१८ रुपैयाँमा १६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।
उक्त समूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशतले बढेको हो।