मंगलबार अमेरिकी डलरको भाउ घटेको छ।
सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसामा कारोबार भएकोमा मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ पैसा पुगेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर भने १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा तोकिएको छ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा पाइन्छ। क्यानेडियन डलर एकको खरिददर भने आज ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा तोकिएको छ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबारको लागि ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा भने आज ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा मंगलबार ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिददर ४२८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३० रुपैयाँ ८८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ४३० रुपैयाँ ४० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३६ पैसा तोकिएको थियो। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५१ रुपैयाँ २० पैसा तोकिएको छ।