बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको १९ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८८ रुपैयाँ २३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७८ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७० रुपैयाँ ४१ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २३ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८९ पैसा तोकिएको छ।