राष्ट्र बैंकले मलेसियामा रेमिटेन्स कारोबार गर्दै आएको म्याक्स मनी एसडिएन बिएचडीलाई रेमिटेन्स कारोबारमा रोक लगाएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी लगायतलाई सो संस्थासँग बाँकी वक्यौता लिनपर्ने भएमा त्यस्तो कारोबार मात्र गर्न निर्देशन दिएको छ।
कम्पनीलाई यसअघि २०७५ मा लगाइएको प्रतिबन्ध २०७६ मा खोलिएको थियो।
प्रतिबन्ध खोल्दा राखिएका शर्तहरूको पालना नगरेको भन्दै राष्ट्र बैंकले वक्यौता लिने बाहेकका कारोबार नगर्न रोक लगाइएको हो।