नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ०८ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ३७ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९० रूपैयाँ २८ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रूपैयाँ २५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ०३ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ११ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ०८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५५ पैसा र बिक्रीमा २८ रूपैयाँ ६८ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ १८ पैसा तोकिएको छ।