राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज युरो एकको खरिदमा आज १४७ रुपैयाँ १९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ८६ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७४ पैसा तोकिएको छ।
शुक्रबार पाउण्ड एकको खरिददर १७१ रूपैयाँ २५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ०३ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ८९ पैसा र बिक्रीमा १०० रुपैयाँ ४३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५८ पैसा तोकिएको छ।