बैंकहरूले निक्षेपको ब्याजदर आफैंले तोक्न पाएसँगै यसमा प्रतिस्पर्धा देखिएको छ।
असारमा सबै वाणिज्य बैंकको ब्याजदर अधिकतम ९.९९ प्रतिशत रहेकोमा साउनको लागि भने. अलग-अलग छ।
यससँगै आइतबार सूचना प्रकाशित गरेका १८ वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.९५ देखि १०.९८ प्रतिशतसम्म छ।
एनएमबी, प्राइम, नबिल र कुमारी बैंकले ब्याजदर बढाएका छन्। यिनको १०.०१ देखि १०.९८ प्रतिशतसम्म छ।
ग्लोबल आइएमई, लक्ष्मी सनराइज, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैंकले भने ब्याजदर असारकै लागि तोकिएको ब्याजदरलाई निरन्तरता दिएका छन्। यिनको ब्याजदर ९.९९ प्रतिशत छ।
९ वटाले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पनि ८.९५ देखि ९.५२ सम्म तोकेका छन्।
राष्ट्र बैंकले हरेका महिना मुद्दती निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्दा अघिल्लो महिना सबै वाणिज्य बैंकले दिएको ब्याजदरको औसतमा १० प्रतिशत मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ।
बैंकहरूले मौद्रिक नीतिबाट यो व्यवस्था समेत हट्ने अपेक्षा गरेका छन्।
त्यस्तै, बैंकहरूको साधारण बचतमा पाइने ब्याजदर पनि फरक-फरक भएको छ।
मुद्दती ब्याजदरको तुलनामा साधारण बचतको ब्याजदर ५ प्रतिशत मात्र कम हुन सक्ने व्यवस्था छ। बैंकहरूले रेमिटेन्स खाता बाहेक साधारण बचतमा ४.८४ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिएका छन्।
|
मुद्दती |
;fwf/0f |
एनएमबी |
१०=९८ |
५=९८-७=९८ |
प्राइम |
१०=९३ |
५=९३-७=९३ |
नबिल |
१०=४९ |
५=९०-७=९० |
कुमारी |
१०.०१ |
५=४०-७=४० |
ग्लोबल आइएमई |
९=९९ |
|
लक्ष्मी सनराइज |
९=९९ |
५=४०-७=४० |
नेपाल एसबिआई |
९=९९ |
६.४ |
हिमालयन |
९=९९ |
५=४०- ७=४० |
सिटिजन्स |
९=९९ |
५=४०-७=४० |
सानिमा |
९=५२ |
५=२०-७=२० |
कृषि विकास |
९=५१ |
५=४०-८=०० |
एभरेष्ट |
९=५ |
४=७५-६=७५ |
प्रभु |
९=५ |
४=५०-७=५० |
सिद्धार्थ |
९=५ |
५-७ |
माछापुच्छ्रे |
९ |
४=८५-७=८५ |
राष्ट्रिय वाणिज्य |
८=९९ |
४=८६-६=६६ |
नेपाल बैंक |
८=९९ |
४=८६-६=६६ |
स्ट्याण्डर्ड चार्टर्ड |
८=९५ |
४=८५-६=४५ |