नागरिक लगानी कोषले सहभागीहरूलाई सञ्चित भएको रकममा हाल दिइरहेको नियमित ब्याज बाहेक १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो।
आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरूलाई सो आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा यो प्रतिफल दिने निर्णय भएको हो।
कोषले यसअघि पनि १.५ प्रतिशत थप प्रतिफल दिएको थियो।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रमहरूमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिहरूलाई मात्रै १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।
अन्य छ वटा कोषहरूमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा छ।