सरकारको लागि सोमबार राष्ट्र बैंकले १७ अर्ब ७० करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ।
पुरानै ऋणपत्र नवीकरण हुने भएको हो।
१० अर्ब रूपैयाँको २८ दिने र सात अर्ब ७० करोडको ९१ दिने ऋण उठाइन लागिएको हो।
यसअघि असार २५ मा विभिन्न अवधिका २७ अर्बको ऋणपत्र बोलकबोल गरिएको थियो।
बैंकहरूमा पर्याप्त पुँजी भए पनि कर्जा विस्तार नहुँदा सो ऋणपत्रमा ९७ अर्ब १५ करोड रूपैयाँको आवेदन परेको थियो।
यी ऋणपत्रमा औसत ब्याजदर ३.०२३० देखि ६.३४७८ प्रतिशतसम्म कायम भएको छ।