सोमबार नेप्से परिसूचक ५.१९ अंकले बढेको छ।
यसदिन नेप्से ०.२६ प्रतिशतले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
गत कारोबार दिन १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा सीमित भएकाे छ।
यस दिन २८६ वटा धितोपत्रको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार सिवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेका छन्।
सिवाइसी नेपाल लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार १२२ रुपैयाँ पुगेको छ।
यस्तै, सयपत्री हाइड्रोपावरको सेयरमूल्य ४७१ रुपैयाँ ९० पैसा पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा पिपल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८१ रुपैयाँ ३० पैसामा झरेको छ।
यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ५.२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३२ रुपैयाँमा सीमित भएको छ।
सोमबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ७६१ रुपैयाँ ५० पैसामा २१ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४५० रुपैयाँ ९० पैसामा १२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.९२ र ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशतले बढेको हो।