मंगलबार नेप्से परिसूचक १७.५६ अंकले घटेको छ।
यसदिन नेप्से ०.८८ प्रतिशतले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २८१ वटा धितोपत्रको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको सेयर मूल्य ६९६ रुपैयाँ पुगेको छ।
यस्तै, घलेम्दी हाइड्रोको सेयरमूल्य ७.८१ प्रतिशतले घटेर २२६ रुपैयाँ ४० पैसा पुगेको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सामुदायिक लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७७९ रुपैयाँमा झरेको छ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइ मूल्य ७.०८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ १ पैसामा सीमित भएको छ।
मंगलबार सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४४६ रुपैयाँमा ५ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.०९ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७३ रुपैयाँमा ५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले घटेको हो।